साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक अन्तमा ५५ दशमलव ५० अंकले बढेको हो । दिनभर बढेको बजारमा २३२ कम्पनीको १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।

आईतबार बजार बढ्दा कारोबार रकममा पनि सुधार आएको छ । बजारमा बैंकिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । जसमा लगानीकर्ताहरु यस अघि झै जलविद्युत, विकास बैंक, व्यापारलगायत समुहका कम्पनीका बढी आकर्षित भएका छन् । बजारमा चन्द्रागिरी, युनाइटेड इन्स्योरेन्सलगायतका कम्पनीले सर्किट हान्दा उच्च मूल्य बढ्ने कम्पनीको सूचीमा जलविद्युत क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुस