महेन्द्रनगर । कञ्चनपुरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् । सिंहलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरिएको जनाएको छ ।

सिंहले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस