कञ्चनपुर कात्तिक १५।स्वास्थ्यमा अचानक समस्या देखिएपछि नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल अस्पताल भर्ना हुनुभएको छ । सोमबार बिहान एक्कासी बेहोस भएपछि उहाँलाई सिभिल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो ।

अस्पताल ल्याउँदै गर्दा होश खुलेपनि के कारणले बेहोस हुनुभएको हो भन्ने विषयमा चेकजाँच भइरहेको पार्टी पिविएम इन्द्रमोहन सिग्देलले जानकारी दिनुभयो । प्रारम्भिक चेक जाँच गर्दा रिपोर्टहरु सामान्य आएको र अवस्थामा पनि उल्लेख्य सुधार आए पनि बेहोस हुनुको कारण स्पष्ट नभएकोले थप चेकजाँचका लागि उपचारमा संलग्न चिकित्सकहरुको सल्लाह अनुसार अस्पतालमा भर्ना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच, अध्यक्ष गजुरेल अचानक विरामी परेपछि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले भोलि (मंगलबार)का लागि गर्ने भनिएको पत्रकार सम्मेलनको कार्यक्रम स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुस