कैलालीमा मंगलबार राती चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि बुधबार बिहानै देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालमाथी मंगलबार करिब ९ बजे चक्कु प्रहारगरिदा मृत्यु भएको थियो । मृत्युपछि उनका आफन्तले दोषी उपर कारबाहीको माग गर्दै बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुस