नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । आगामी २७–२९ कात्तिकसम्म हुने सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गर्ने मोर्चाले जनाएको छ । सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरी साढे तीन सयजनाको सहभागिता रहने मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले बताए ।
मोर्चाले धनगढीमा पत्रकार सम्मेलनले गरेर सम्मेलनको तयारी लगभग पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा मुक्ति मोर्चाको आन्दोलनको समीक्षा, नयाँ विचार, रणनीति, कार्यदिशा, संगठनको नयाँ नाम र संरचना, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल हुने उनले बताए ।
प्रतिक्रिया दिनुस