कञ्चनपुर कार्तिक २६ । बैतडीको पुर्चौडी नगरपालिका नगरकार्यपालिले २९,गते एक दिन सार्वजनिक बिदा दिने निणर्य गरेको छ । पुर्चौडी नगरपालिका नगरकार्यपालिको कार्तिक २६ को निर्णय अनुसार हरिबोधिनी एकादशी (गिरेगाडा कफलखाना स्थानिय मेलाकोलागि कार्तिक,२९ गते एक दिन नगरपालिका भित्र सार्वजनिक बिदा दिने निणर्य गरेको हो । पुर्चौडी नगरपालिकाको बशन्तपुर बजारको छेउमा हरेक बर्ष हरिबोधिनी एकादशी दिन गिरेगाडा कफलखाना मेला लाग्ने गर्दछ । । घरको काम सकेर ईष्टमित्र आफ्न्त संग गिरेगाडा कफलखाना मेलाले भेटघाट गर्ने अवसर मिल्ने गरेको स्थानिय बताउछन । पहिले देखि पुर्चौडी भित्रका सबैजनतालाई मेलामा भेटघाट गर्ने रमाइलो गर्ने चलन रहेको छ । मेलाको लागि बशन्तपुर स्थानिय बजारमा चहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुस