गणेश एसके, कञ्चनपुर कार्तिक ३० । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा कञ्चनपुरमा राँके जुलुस गर्दै प्रदर्शन गरेको छ। विप्लव नेतृत्वको नेकपा कञ्चनपुर पार्टीले पेट्रोलियम पदार्थको मुल्य बृद्धि लगायतका महङ्गी कालोबजारीको बिरोधमा मसाल जुलुस गरेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पटक पटक पढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै मसाल जुलुस गरेको नेकपा पार्टीका भीमदत्त नगरपालिका नगर सचिव दिपेन्द्र ऐरीले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गर्दै आएको छ ।

नेकपाले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा  बिभिन्न किसिमका संघर्ष का कार्यक्रमको आयोजना गरेको छ। महङ्गी कालोबजारीको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा नेकपा विप्लव पार्टीले कार्तिक ३० गते एक दिन नेपाल बन्दको आह्वान गरेको छ।

 

प्रतिक्रिया दिनुस