महेन्द्रनगर । प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण भट्ट चयन भएका छन । प्रेस सेन्टर नेपाल कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
उपाध्यक्षको जिम्मेवारी जनता टेलिभिजन कञ्चनपुरका संवाददाता धर्मराज कठायतले सम्हालेका छन् । महिला उपाध्यक्ष मनिसा जोशी, सचिव भाष्कर केसी, सह सचिव विकास सिह महता, खडक कोली, कोषाध्यक्ष डम्मरराज भट्ट चयन भएका छन । सदस्य तर्फ प्रेमराज भट्ट (वर्तमान), पदमराज पन्त, कल्पना चौधरी, सरस्वती भट्ट, बिर सिह ऐरी, पुष्कर दत्त भट्ट, नरेश राना, सुर्वण प्रशाद जोशी, धनसिह धामी, गोबिन्द राज अवस्थी, हरिना सार्की, सोनी दमाई, मनोज लेखक, रोशन नेपाली रहेका छन ।
प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष भट्ट विगत डेढदशकदेखि पत्रकारिता क्षेत्रका कार्यरत छन । स्थानीय संचार माध्यमदेखि केन्द्रीयसम्म संगठनीक तवरले कार्यरत भट्टले संगठनलार्ई चुस्त दुरुस्त ढङगबाट अघि बढाउने जनाएका छन् ।
प्रेस सेन्टर नेपालका नेता कृष्णदत्त जोशी अध्यक्ष मण्डल रहेको निर्वाचन समितिले सहमतीय आधारमा प्रेस सेन्टर नेपाल कञ्चनपुरको कार्य समिति घोषणा गरेको थियो । प्रेस सेन्टर नेपाल कञ्चनपुरको नव कार्य समितिलाई संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्नाले सपथ ग्रहण गराएका थिए ।
प्रेस सेन्टर नेपाल कञ्चनपुरका निर्वतमान अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्ना प्रमुख अतिथि, संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका सुप प्रदेश सदस्य टेकेन्द्र प्रशाद भट्ट बिशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशी सहितका विभिन्न पत्रकार संघ सगठनले शुभकामना मन्तव्य दिए ।