फाइल ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र वाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६औँ बैठकको उद्‍घाटन गर्दै मन्त्री आलेले आन्तरिक र वाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन्।

उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा तिर्नुपरेको गुनासो गरेपछि अब विमानस्थलमा चारवटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए। मन्त्री आलेले मजदुरहरुका लागि विमानस्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए। उनले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा(६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताए।

उनले भारतीय सिभिल एभिएसनमन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताए।

प्रतिक्रिया दिनुस