कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली खटाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रहमा सीआईबीको टोली खटाउने तयारी गरिएको बताइएको हो ।
गत मंगलबार राति २३ वर्षीय भूपेन्द्रको टीकापुरमा हत्या भएको थियो। उक्त प्रकरणमा पक्राउ परेका अन्य ८ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ७ जना भने फरार छन्। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार किटानी जाहेरीअनुसार फरार रहेका ७ जनाको खोजी भइरहेको छ। हत्याका योजनाकार भनिएका नविन रावल भने फरार छन्।
प्रतिक्रिया दिनुस