महेन्द्रनगर । प्रजातन्त्र सेनानी कञ्चनपुरका मदन चन्दले समाज र प्रजातन्त्र प्राप्तीका लागी पुर्याएको योगदानको उच्च कदर गर्दे महेन्द्रनगरमा अभिनन्दन ग्रन्थको विमोचन गरिने भएको छ । प्रजातन्त्र सेनानी मदन चन्द अभिनन्दन ग्रन्थ्रको कार्तिक ३० गते विमोचन एवम् नागरिक अभिनन्दन पत्र प्रदान गरिने आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो ।

प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मूल आयोजक समितीका संयोजक तारणी दत्त चटौतका अनुसार प्रजातन्त्र स्थापनाका लागी चन्दले गरेको योगदानको कदर सहित कार्तिक ३० महेन्द्रनगरमा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको हो ।

सोही कार्यक्रमको अवसरमा सत्य निष्ठाको बलिदानी दिएकाको सम्मान र प्रजातान्त्रिक आन्दोलनका निम्ती वि.सं.२०४६ पुर्व जेल जिवन विताएकालाई सम्मानित समेत गरिने अभिनन्दन ग्रन्थका संयोजक आर्चाय घनश्याम लेखकले जानकारी दिए । कञ्चनपुर भीमदत्त नगरपालिका घर भएका मदन चन्द कार्तिक ३० गते ८९ औं वर्षमा प्रवेश गर्नुहुने छ । उनका प्रकाशित कृती मध्ये डोटी शब्दकोष र डेउडा हुन भने रोषन लेखक संग्रह र लोक दर्पण अप्रकाशित कृती रहेका छन् ।

कार्तिक ३० गते बिहान महेन्द्रनगर बजार परिक्रमा गरि होटल ओपेरामा कार्यक्रम आयोजना गरिने आयोजक समितीका सदस्य समर जङ बहादुर चन्दले जानकारी दिए । कार्यक्रममा प्रजातन्त्र स्थापनाका लागी आन्दोलनमा होमिएका कञ्चनपुर स्थायी घर भएका २४ जना बढीलाई सम्मानित पनी गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुस