महेन्द्रनगर । गत असोज अन्तिम साता कञ्चनपुरमा प्रहरी सँगको विवादमा परेका युवकलाई आज प्रशासनमा लगिदै छ । सरकारी वकिल कार्यालयबाट गत साता म्याद थप भई हिरासतमा रहेका बेलौरीका प्रवेश महरा र बिष्णु भट्टलाई सोमबार प्रशासनमा बुझाइने प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुशार उनिहरुमाथी सार्वजनिक हित विरुद्धको कसुरमा मुद्धा दर्ता भइ अनुशन्धान चलिरहेको छ । गत असोज ३१ गते बेलौरी नगरपालिका–९ कुण्डामा युवक प्रवेश महरा र प्रहरी जवान देव सिंह बिष्ट बिच मोटरसाइकलको कागजातलाई लिएर विवाद भएको थियो । सोही विवादमा भिडीओ खिचेर ‘टिकटक’ बनाएको भन्दै स्थानिय बिष्णु भट्टलाई पनी प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान अगाडी बढाएको थियो ।

युवक महरा ९ दिन हिरासतमा बसे भने भट्टलाई चार दिन हिरासतमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले घटनाको प्रकृतीका आधारमा धरौटीमा छोडिने जनाएको छ । उनिबाट थप बयान सहित धरौटीमा छोडिने सहायक सिडीओ असोक कुमार भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुस