कञ्चनपुर, २९ कार्तिक ,नेकपा विप्लवले आज नेपाल बन्द गरेको छ । नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थ सहित खाना पकाउने ईन्धनमा गरेको मुल्य बृद्धिको बिरोधमा नेकपा विप्लवले आज नेपाल गरेको हो ।
ईन्धनमा मुल्य बृद्धि भएदेखि नै विप्लवले जनताको ढाडसेक्ने गरि गरिएको बृद्धि गरिएको मुल्य फिर्ताको माग अघि सार्दै आएको थियो ।
निगमले बृद्धि गरेको मुल्य फिर्ता नदिएपछि चरणबद्ध आन्दोलनमा होमिएको नेकपाले कार्तिक ३० अर्थात आज नेपाल बन्द आब्हान गरेको हो । नेकपा विप्लवले केन्द्रीय पार्टीको निर्देशन अनुरुप कञ्चनपुरमा समेत नेपाल बन्द गरिएको छ ।
मंगलबार बिहानैदेखि यातायात, शैक्षिक संस्था, उद्योग धन्दा कलकारखाना लगायतका अति आवश्यकीय सेवा बाहेक अन्य सबै बन्द भएका छन । विप्लव कञ्चनपुरका नेता कार्यकर्ताहरुले बिहानैदेखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सहित विभन्न स्थानमा बिहानैदेखि टायर बालेर बन्द कडा हुने संकेत गरेका छन ।
नेकपा कञ्चननपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले बन्द रहर नभई बाध्यता भएकाले सरकारले जनतालाई सेवा सुविधा दिनुको साटो अतिआवश्यकीय बस्तु तथा सेवामा मुल्य बृद्धि गरेको बताए । उनले संघर्षका कार्यक्रम अन्र्तरगत सोमबार महेन्द्रनगरमा सिटी जुलुस राँके जुलुस सहित बन्द सफल पार्नका लागि आब्हान गरिएको बताए । बन्दको अवाज्ञा गरिए त्यसबाट उत्पन्न हुने क्षतिको स्वयमले जिम्मा लिनुपर्ने नेकपा विप्लवले जनाएको छ । नागरिकले भने जनताको ढाडसेक्ने गरि मुल्य बृद्धि गर्ने आयल निगम बिरुद्ध शसक्त आन्दोलन गर्नुपर्नेमा जोडदिदै बन्द हड्तालको विकल्प खोज्न समेत आग्रह गर्दै आएका छन ।