महेन्द्रनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव कञ्चनपुरमा परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेकपाले कार्तिक ३० गतेका लागी नेपाल बन्दको आह्वान गरेको थियो । विप्लव नेकपाको माग प्रती सबै पक्ष सकारात्मक देखीएको जनाइएको छ ।
आज कञ्चनपुर सहित सुदूरपश्चिमका नौं वटै जिल्लामा बजार व्यवशाय देखी सरकारी कार्यालय बन्दरहेका विप्लव नेकपा सुदूरपश्चिम कमिटीले जनाएको छ । कञ्चनपुरमा बजार व्यवशाय देखी कलकारखाना सबैले स्व–स्फृतरुपमा कारोबार ठप्प राखेको विप्वल नेकपाले जनाएको छ । सार्वजनिक तथा निजी यातायात समेत पनी नेकपाको माग प्रति समर्थन जनाउदै आज एक दिनका लागी सवारीसाधन होल्ड गरेको जनाइएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपाले कालोबजारी, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धी, नागरिक अधिकारमाथीको हनन लगायतका सवाल उठाउदै आज नेपाल बन्दको घोषणा गरेको हो । यी मुद्धामा सरकार गम्भीर नदेखिए झन शसक्त ढङ्गले अगाडी बढ्ने चेतावनी समेत दिइएको छ ।
यसै बिच बन्दका बिच कुनै घटना नघटोस भन्नका लागी चोक–चोकमा प्रहरीले पहरा दिएको छ ।