महेन्द्रनगर । महेन्द्रनगरमा नागरिक अभिनन्दन तथा सम्मान समारोहका लागी रथयात्रा निकालिएको छ । मंगलबार अभिनन्दन ग्रन्थको विमोचनका लागी महेन्द्रनगर बजारमा प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मूल आयोजक समिती र सह–आयोजक मधुमदन साँस्कृतिक प्रतिष्ठानले रथ यात्रा निकालेको हो ।
बजार बजार परिक्रममा गरेसँगै होटल ओपेरामा अभिनन्दन ग्रन्थ विमोचन प्रजातान्त्रिक योद्धा सम्मान कार्यक्रम सुरु भएको आयोजकले जनाएको छ । ८९ औं वर्षमा प्रवेश गरेका सेनानी मदन चन्दलाई नागरिक अभिनन्दन पत्र प्रदान गरिने समितीका संयोजक तारणी दत्त चटौतले जानकारी दिए । चटौतका अनुसार प्रजातन्त्र स्थापनाका लागी चन्दले गरेको योगदानको कदर सहित अभिनन्दन पत्र प्रदान गरिने छ । सत्य निष्ठाको बलिदानी दिएकाको सम्मान र प्रजातान्त्रिक आन्दोलनका निम्ती वि.सं.२०४६ पुर्व जेल जिवन विताएकालाई सम्मानित समेत गरिने छ ।
जिउदा सहिद भनि चिनीने चन्द सुदूरपश्चिमका मजबुद खम्बा
बैतडीको बिकट रोदिदेवलको तिताबै भन्ने ठाउँबाट भारतमा मजदूरी गर्दा गर्दे चन्दले भारतीय सेनामा जागिर गरेका थिए । पंचायती व्यवस्था बिरुद्ध बोले मात्रै जेल हुने समयमा प्रजातन्त्र प्राप्तिका लागि जेल र हिरासत गरि ५७ पटक पक्राउ परेका मदन चन्द २०३६ देखि २०६२ सम्म पटक पटक पंचायती व्यवस्था र राजत्रन्त्रका बिरुद्ध लडेका व्यक्ति हुन् । पंचायती व्यवस्था बिरुद्ध अभियानका सुदूर–पश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित चन्दले तथा जिउदा सहिदको उपमा पाएका छन् । वि.स. २०४६ साल फाल्गुन ७ गते महेन्द्रनगरको खुल्ला मञ्चमा कालो झन्डा देखाएका चन्दमाथी दरबारबाट गोलि हान्ने आदेश समेत थियो । पटक–पटक बच्न सफल चन्द २०४६ यता ज्युदा सहिद भनि चिनिन थालेका हुन् ।
समाज कल्याण बाल अनाथालय भनि २०४८ साल देखि निरन्तर २०६४ साल सम्म विसुद्ध समाजसेवा गरेका चन्दले देशभरिका ४ सय जना भन्दा बढी अनाथहरुलाई अध्ययन सहित रोजगारी सम्म पुगाउन सफल छन् । वि.स. २०६० साल पछि राजनीति बाट सन्यास लिएका उनले हाल कञ्चनपुरमा काँग्रेस बाट राजनीति गरिरहेका प्रायः ठुला नेताहरुलाई पनी क्रियासिल सदस्यता दिएको वा कुनै न कुनै रुपमा काँग्रेसमा आबद्ध गराए । केन्द्र देखि स्थानीय स्तरमा २६ वटा संघ सस्थामा सफल कार्यकाल निर्वाह गरेका चन्द २०४७ साल पछि कंचनपुर देखि काठमाडौँको सिंहदरबारमा इमान्दार नेताका रुपमा परिचित छन् ।
मूल आयोजक समितिले मदन चन्दको जन्म दिनका अवसरमा निजको अभिनन्दन ग्रन्थ पनि बिमोचन गर्ने गरेको छ । प्रजात्रन्त्र सेनानी चन्द राष्ट्रिय संघ संस्था पुरुस्कार २०५४ बाट पुरुस्कृत साथै उत्कृष्ट सामाजिक सेवा पुरुस्कार २०५६ सहित २ दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय सेवा पुरुस्कार, पदक बाट सम्मानित भएका छन् ।
‘रोशन’ नामक लेखहरुको संकलन, लोक दर्पण गौरा, होलि तथा भैलो गीत संग्रह सहित आधा दर्जन भन्दा बढी पुस्तक प्रकासन गरेका चन्द साहित्यकार पनि हुन् । ग्रन्थमा–‘एकै व्यक्ति बहादुर सैनिक, इमान्दार राजनीतिज्ञ, निर्भिक बिद्रोही, राष्ट्रिय स्तरबाट सम्मानित समाजसेवी, गहन अध्ययनशील साहित्यकारको भूमिका खेल्न सफल रहेका चन्दको जीवनी पनि समाबेश गरिएको छ । आजका युवाहरुका लागि एक मार्ग दर्शनका रुपमा तथा कसरी समाज परिवर्तन गर्न सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण रहने गरि ग्रन्थ रहेको छ ।
उनका प्रकाशित कृती मध्ये डोटी शब्दकोष र डेउडा हुन भने रोषन लेखक संग्रह र लोक दर्पण अप्रकाशित कृती रहेका छन् ।