महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधिको निर्वाचन अन्र्तगत सभापती चयन भएका छन् । जसअन्र्तगत कञ्चनपुरमा महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री एनपी साउँद पक्षीय नेताहरूले जितेका छन् ।

क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनले रमेश लेखक प्यानलका उम्मेदवार नवराज जोशीलाई १ सय ८४ मतान्तरले पराजित गरे । सिंहले खसेको ५ सय ४ मतमध्ये ३ सय ४१ र जोशीले १ सय ५७ मत पाए ।

सचिवमा साउद प्यानलका गणेशबहादुर सिंह ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मतसहित विजयी भएका छन् । लेखक प्यानलका उम्मेदवारहरु घनश्याम जोशी र नारायण बोहराले क्रमशः १ सय ३० र १ सय ३१ मत ल्याए । साउद प्यानलकै काशीराम भाट ३ सय १५ मत र रमेशप्रसाद भट्ट २ सय ७६ मतसहित सहसचिवमा निर्वाचित भएका छन् ।

सोमबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहरा भने पराजित भएका हुन् । १० जनाका लागि भएको निर्वाचनमा सभापति बोहरा ११औं नम्बरमा परेपछि उनी पराजित भएका हुन् । बोहरा पूर्वमन्त्री रमेश लेखक निकट नेता हुन् ।
बोहराको फेरि जिल्ला सभापतिमा चुनाव लड्ने चर्चा थियो । तर महाधिवेशन प्रतिनिधिमा पराजित भएसंगै उनले सभापतिमा चुनाव लड्न नपाउने भएका हुन् ।

बैतडी सभापतिमा चन्द

बैतडी जिल्ला कार्य समितिको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । ८ सय ९ मत प्राप्त गर्दै चन्द सभापतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी शिवराज भट्टले ४ सय ८९ मत प्राप्त गरे । उपसभापतिमा वीर बहादुर बिष्ट र खगेन्द्रसिंह धामी निर्वाचित भएका छन् । सचिवमा प्रेम बहादुर चन्द र देवराज जोशी विजयी भएका छन् भने सह सचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड विजयी भएका छन् ।

डडेल्धुरामा साउँद विजयी

काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका भए । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् । साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए।

साउँद पर्शुराम नगरपालिकाका मेयर पनि हुन् । यस्तै उपसभापतिमस लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन् ।

डोटीमा दोस्रो चरणको चुनाव हुने

डोटी काँग्रेसको सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ । बुधबार भएको चुनावमा कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो।

मतदानमा १०८५ मत खसेकोमा नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीपकुमार देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत पाए। सर्वाधिक मत ल्याउने सिंह र बडूबीच फेरि सभापतिका लागि चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुस