महेन्द्रनगर । बैतडीको डिलाशैनीमा बर्थिङ सेन्टर स्थापनाको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । वडा नम्बर १ झलेका महिला बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा घरमै सुत्केरी गराउन बाध्य रहेको गुनासो गरिएको हो । झलेमा दुई वर्ष पहिले झले बर्थिङ सेन्टर स्थापना गरिएको थियो ।
उक्त क्षेत्रका सुत्केरी महिलालाई ३–४ घण्टाको पैदल जोखिममा स्वास्थ्य चौकी पुर्र्याउनुपर्दा समस्या हुने गरेको स्थानीयहरूको गुनासो छ । स्थानीय जय कुमार क्षेत्रीले बर्थिङ सेन्टर स्थापना गरिएपनी सञ्चालनमा नल्याइँदा समस्या हुने गरेको गुनासो गरे । वडा कार्यालयले समेत बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन पहल नचाल्दा टाढा जानुपर्ने समस्या भएको उनले बताए । तर जनशक्ति अभावले वर्थिङ सेन्टर सञ्चालनमा नआएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष अक्कल रानाले एक जना  अनमीलाई करारमा झले पठाइएपनी दुर्गम भन्दै नगएकाले समस्या भएको जनाए । उनले नयाँ कर्मचारी नियुक्त गरी चालु महिनामै वर्थिङ सेन्टर सञ्चालनमा ल्याइने दाबी गरे ।
प्रतिक्रिया दिनुस