महेन्द्रनगर । भारतबाट लुकाइछिपाइ ल्याएका भन्सार छलिका सामान प्रहरीले बरामद गरेको छ । बेलौरी नगरपालिका –१० सडकघाटमा तिन लाख ५ हजार ४ सय बराबरको बेवारिसे अवस्थामा रहेको सामान बरामद गरिएको प्रहरीले जनाएको हो ।

बुधबार बरामद गरिएका उक्त सामान शुक्रबार आवश्यक कारवाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस