बझाङ,१८ पुस । दीर्घकालीन रुपमा रहने विकास निर्माणका योजनाहरूको स्थलगत अवलोकन गरी संकलन गर्न राष्ट्रिय योजना आयोगको टोली बझाङ पुगेको छ। टोलीले शनिबार एक अन्तरक्रिया कार्यक्रम गरी जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामहरूलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज होस भन्ने उद्देश्‍यले टोलीले स्थलगत अवलोकन गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्वनाथ पौडेलको नेतृत्वको टोलीले बझाङको जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विकास निर्माणका योजनाहरूलाई संकलन गरी सरकारले अगामी दिनमा बनाउने योजनाहरूमा समेटिने बताए। गत कात्तिक १ गतेदेखि तीनदिनसम्म आएको बेमौसमी वर्षा र बाढीका कारण जिल्लामा मानवीय क्षति हुनुका साथै ठूलो जनधनको क्षति विभिन्न सरकारी संरचनाको क्षति भएको थियो।

प्रतिक्रिया दिनुस