काठमाडौं-नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा कम्पनीलाई मर्जर प्रक्रिया तोड्न ९डिमर्ज०को लागि अनुमति प्रदान गरेको छ । मर्जर प्रक्रियामा भएपनि लामो समयदेखि अन्तिम टुंगो नलागेको कम्पनीलाई राष्ट्र बैंकले शर्त सहित डिमर्जको अनुमति दिईएको छ । यसरी डिमर्जको अनुमति पाउनेमा आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्त, नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त, तथा मिर्मिरे लघुवित्त र श्रीजनशील लघुवित्त रहेका छन् । त्यस्तै समाज र स्वस्तिक लघुवित्त पनि डीमर्जको पर्खाइमा रहेका छन् ।

आर्थिक बर्ष २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश बितरण गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुस