दोधारा । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्यमा प्रहर देखिएका भिम कुमाल नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्षमा चयन भएका छन् । माओवादी केन्द्र दोधारा चाँदनीको प्रथम भेलाबाट अध्यक्षमा सामाजसेवी भिम कुमाललाई सर्वसम्मतबाट चयन भएका हुन् । उपाध्यक्षमा टिका बहादुर बिक, भुपेन्द्र दमाई, मोहन बहादुर सिह, सचिवमा चन्द्र बहादुर सुनार, कोषाध्यक्षमा जानकी दमाई, सह–सचिवमा भक्त बहादुर सुनार गरि ५९ जनाको माओवादी केन्द्र नगरको कार्य समिति घोषणा गरिएको हो ।

 

नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता धन बहादुर दमाईको अध्यक्षतामा बसेको भेलामा नेता मान सिंह तिरुवा, भक्त बहादुर सुनार लगाएत दर्जर्नौ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । आउदो निर्वाचनलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संगठन बिस्तार संगै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई समेटर लग्ने प्रतिबद्धता समेत जाहेर गरिएको छ् । सर्वसम्मतका साथ चयन भएका नगर कमिटि टोलीलाई अबिर, फुलमाला लगाएर बधाई तथा स्वागत गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै नगर कमिटि अध्यक्ष भिम कुमालले पार्टीमा देखिएको सबै खाल गुट, उपगुटलाई छिचोलेर दोधारा चाँदनी नगर क्षेत्रमा बलियो संगठन बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘पार्टीमा देखिएको गुट, उपगुट तथा नैराश्यताको बिच सबैलाई समेटेर पार्टीलाई एक ढिक्का बनाई नगर क्षेत्रमै बलियो दलकोरुपमा उभ्याउछौं’ नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले भने । कार्यक्रममा तत्कालिन जनयुद्धका लडाकु, पुराना नेता तथा कार्यकर्ताहरुलाई समेत सम्मान गरिएको नेकपा माओबादी केन्द्र दोधारा चाँदनीले जनाएको छ् । उल्लेखनिय उपस्थितीको साथ सम्पन्न गरिएको भेलामा बक्ताहरुले नव नगर किमिटि जनमानसले चाहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुस