बेलौरीको खुला मञ्चमा सम्पन्न दोस्रो मेयर कप २०७८ को उपाधी महाकाली एडभेन्चरले हात पारेको छ । बुधवार बेलौरी नगरपालिका वडा नम्बर २ लाई २(१ गोल अन्तरले पछिपार्दै महाकाली एडभेन्चर बेलौरी-१ बैशाखीले उपाधी हात पारेको हो । बिजेता महाकाली एडभेन्चरका भुपेन्द्र शाहीे उत्कृष्ट खेलाडी घोषित भएका छन् । भने वेस्ट गोल रक्षक बेलौरी १ का करन शाही र गोलकर्ता बेलौरी २ का प्रकाश बोहरालाई मायाको चिनो प्रदान गरिएको थियो ।

खेल अवधीभर दुवै टिमले रोचक प्रतिस्पर्धा गरेपनि महाकाली एडभेन्चरले खुल्ला दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०७८ को उपाधी हात पारेको बेलौरी नगर खेलकुद विकास समितिका अध्यक्ष महेन्द्र सिंह बुडालले बताए । प्रतियोगितामा बिजेता टिमलाई १लाख ३३ हजार ३ सय ३३ र उपबिजेता टिमलाई ८३ हजार ३ सय ३३ रुपैया सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीको प्रमुखआतिथ्य रहेको कार्यक्रममा नगर उपप्रमुख चित्रकुमारी चौधरी वडाध्यक्षद्धय रतनबहादुर शाही, कलवीर चौधरी, नेत्रराज गिरी, सुदूरपश्चिम खेलकुद विकास समिति सदस्य झलक शाह, जिल्ला सदस्य नवराज शाही लगायत समाजसेवी, बुद्धिजिवी, राजनितिज्ञ, विज्ञ, खेलप्रेमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । भने कार्यक्रमको सहजीकरण पूर्व नगरसचिव शिक्षक तेजबहादुर चन्दले गरेका थिए । पौष ८ गतेदेखि सञ्चानल भएको प्रतियोगितामा २३ टिमले सहभागिता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुस