२३ पुष, महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनसनरत विश्वविद्यालय प्राध्यापक संघले अनसन स्थगित गरेको छ । माग सम्बोधनको प्रक्रियामा जाने अलिखित सहमति पछि अनसन स्थगित गरिएको प्राध्यापक संघले जनाएको हो ।

बुधवार देखी विश्वविद्यालय प्राध्यापक सङ्घमा आबद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रक्रिया र प्राध्यापकको वृत्ति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका थिए । नवौँ सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएको भन्दै प्रधानाध्यापक आन्दोलित बनेका थिए ।

तर माग सम्बोधनको प्रक्रियामा जाने संकेत देखिएसँगै आन्दोलन स्थगित गरिएको प्राध्यापक संघले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति उत्तम थापाले गहन छलफलमा बसेर माग सम्बोधनको प्रक्रियामा लैजाने अलिखित सम्झौता भएपछि आज (शुक्रवार) अनसन स्थितगीत गरिएको जानकारी दिए ।

उनले भने,–‘प्राज्ञिक मर्यादालाई मध्यनजर गर्दे विश्वविद्यालयलाई सहजता पूर्वक सञ्चालनमा सहयोग पु¥याउन आन्दोलन स्थगित गरेका हौँ ।’दोस्रो चरणको वार्ताबाट समायोजनको मुद्दालाई अगाडी लैजाने निर्णय कार्यान्वयन गर्ने , वृत्ति विकासमा भएको अन्याय, नियमावलीमा भएका समस्याहरू समाधान गर्ने सहमति भएसँगै शीघ्र कार्यान्वयनमा जाने उनले अपेक्षा गरे ।

एक महिना भित्र निर्णय कार्यान्वयनमा जाने संकेत मिले सँगै प्राविधिज्ञ संघले रिले अनसन स्थगित गरिएको जनाएको हो ।

प्रतिक्रिया दिनुस