भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताएका छन्। भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका हुन्।
तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडकमार्गसँग जोड्ने काम वञ्चित रह्योु मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ, ‘हामीले न केबल टनकपुर पिथौरागढ अल वेदर रोडमा काम गर्यौं। हामीले लिपुलेकमा एक सडक पनि बनाएका छौं र अब विस्तारको काम भइरहेको छ।’
भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै नेपालले आपत्ती जनाइसकेको छ। तर भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ।
प्रतिक्रिया दिनुस