फाइल ।

कैलालीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुर बाट वडा सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ४३ का शिक्षक होम प्रसाद सुबेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ । मिलापत्र गर्ने अन्य केही जना फ्रहार रहेको बताई छ ।

मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षिया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुबेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेको बुझिएको छ । घटना बाहिरीले डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर ३ लाख मध्ये १ लाख नदिँदा घटना करिब एक महिना पछि बाहिरी हो ।
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भए पछि सोही दिन प्रतिवादी सहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरू माथि अदालत बाट म्याद थपी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्न र जर्बजस्ती करणी जस्तो घटना मिलाप पत्र गाउनेहरूलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कानुनी कार्यवाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुस