महेन्द्रनगर । रुडुक नेपाल कंचनपुरले न्यानो लुगा वितरण गरेको छ । बेदकोट नगरपालिका वडा नम्बर ९ सुनौलो सिविरमा बसेका विपन्नलाई रुडुक नेपालका केन्द्रिय महासचिव जुत सुना साउदको पहलमा कम्मल वितरण गरीएको हो ।
सोमबार सुनौलो सिविरमा बसेका २ सय ६० परिवारलाई कम्मल वितरण गरेका रुडुक नेपालका सहसचिव पवन नेपालीले जानकारी दिए ।
एन.आई.सी एसिया बैंकको सहयोगमा वडा नम्बर १० मा पनि कम्मल वितरण गरीएको उनले जानकारी दिए ।
नेपाली काँग्रेस कञ्चनपुरका पाटी सभापति पदम बोगटीको प्रमुख आथित्यमा न्याना कपडा वितरण गरिएका थिए । चिसोमा न्याना कपडा पाएपछि पीडित हर्षित भएका छन ।
कम्मल वितरण कार्यक्रममा रुडुक नेपालका उपाध्यक्ष मिन सिह, सचिव भिम भट्ट, कोषाध्यक्ष पशुपति थापा, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुस