काठमाडौं- बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीका लागि कडा निर्देशन जारी गरेको छ । समितिले बुधबार सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने कार्य रोक्न निर्देशन दिएको हो ।

बीमा समितिले आज दिएको निर्देशन अनुसार डमी कर्मचारी खडा गरी भुक्तानी गर्ने, उधारो बीमा गनें, नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने, नगद फिर्ता गर्ने, प्राईस कटिङ गर्ने ९ट्यारिफ भन्दा कम मूल्यमा बीमा गर्ने कार्य० जस्ता कार्यहरु अझै पनि भइरहेको गुनासो बीमा समितिमा प्राप्त भएकोले त्यस्ता कार्यमा संलग्न जो कोहीलाई बीमा समितिले कडा कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुस