फाइल ।

कञ्चनपुर – सरकारले अग्रपंक्तिमा रहेकालाई आइतबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने घोषणा गरे पनि कञ्चनपुरमा यो खोप नै पुग्न सकेको छैन । अग्रपंक्तिमा खटिनेका लागि १५ देखि २० हजारसम्म खोप आवश्यक पर्ने भएपनि अहिले सम्म एक डोज पनि नआएको हो ।

अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलगायतलाई विगतमा कोभिसिल्ड र अस्ट्राजेनेका खोप दिइएको थियो । अहिले पनि सोही खोप आवश्यक पर्छ । उनीहरूलाई पहिलो मात्रा गतवर्ष फागुनमा र दोस्रो मात्रा वैशाखमा दिइएको थियो ।

‘खोप नै आइसकेको छैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘अझै दुई÷तीन दिन लाग्न सक्ने देखिन्छ ।’स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म ३ लाख बढीले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा १८ वर्षमाथिका ३ लाख ५२ हजार ९ सय ६२ मध्ये ८६ प्रतिशत ९३ लाख ५ हजार ७ सय २७० ले पहिलो मात्रा लगाएका छन । दोस्रो मात्रा खोप लगाउनेको संख्या भने ६८ प्रतिशत ९२ लाख ४० हजार ८ सय ६२० छ । पुस मसान्तसम्म ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

पहिलो मात्रासमेत नलगाएकाका लागि अहिले पनि जिल्लाभरिका स्वास्थ्य संस्थामा जान्सन एन्ड जान्सन खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । उनका अनुसार अहिले भारतबाट घर फर्किनेहरूलाई पनि गड्डाचौकी नाकामा यही खोप लगाउने काम भइरहेको छ । ‘जिल्लाका सबै स्वास्थ्य संस्थामा जान्सन खोप उपलब्ध छ,’ कुँवरले भने, ‘तर स्थानीय खोप लगाउनै आउँदैनन ।’ उनका अनुसार १८ वर्षमुनिका २५ हजार बालबालिकालाई मोडर्ना खोपसमेत दिइएको बताए । अहिले मोडर्ना खोप सकिएका कारण थप बालबालिकालाई दिन नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुस