कैलालीमा मोटरसाइकल ठक्कबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

आइतबार दिउँसो लम्की बलिया बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले सोमबार बिहानैदेखि क्षतिपूर्तिको माग गर्दै बजार बन्द गराउनुका साथै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । आइतबार साँझ पूर्वबाट पश्चिम जाँदै गरेको से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका-४ बलिया मिलडाडा बस्ने ५५ बर्षीया मनसरा जैशीको मृत्यु भएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी जैशीको कोहोलपुर मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक लम्कीचुहा(१ का राजन चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गको वलियामा सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुस