बैतडीको सुर्नया गाउँपालिका–६ डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका सोही ठाउँका नवराज अवस्थीले पनि हत्यामा संलग्न रहेको स्वीकार गरेका छन् । आइतबार पक्राउ परेका नवराजले सोधपुछका क्रममा आफू पनि हत्यामा संलग्न भएको बताएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।अदालतबाट म्याद थपेर उनीमाथि पनि थप अनुसन्धान गरिने ओझाले बताए ।

यसअघि सोही ठाउँका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन्। गत मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो। गएको बुधबार घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो। शव पोस्टमार्टमपछि भइसकेको छ। तर उनको अन्तिम संस्कार हुन सकेको छैन। उनका आफन्तहरूले हत्यामा संलग्न भएका सबै पक्राउ नपर्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।

प्रतिक्रिया दिनुस