महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकामा ५० जना, लालझाँडी गाउँपालिकामा १५ जना, सुक्लाफाँटा नगरपालिकामा ४ जना, बेदकोट नगरपालिकामा ६ जना, कृष्णपुर नगरपालिकामा ४ जना, पुर्नवास नगरपालिका र बेलौरी नगरपालिकामा ७–७ जना र गड्डाचौकी नाकामा गरिएको परिक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ४६ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् । सुक्रबार कोरोना संक्रमित भीमदत्तनगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस सँगै जिल्लामा हाल सम्म कोरोनाबाट ज्यान गुमाएको संख्या २ सय ७ पुगेको छ । जिल्लामा १ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुस