स्यालको टोकाइबाट कञ्चनपुरमा एक बालिका घाइते भएकी छिन । शुक्लाफाँटा नगरपालिका २ रानीपुरकी ७ वर्षीया लक्ष्मी बोहरा स्यालको टोकाइबाट घाइते भएकी हुन । उनलाई घरनजिकै सनवोरा नदी छेउमा आमासँगै घाँस काट्न गएका बेला स्यालले टोकेको स्थानीय पदम भाटले बताएका छन ।
स्यालको टोकाईबाट घाइते भएकी बालिकाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुस