कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्युु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया संक्रमित महिलाको मृत्युु भएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकोमा आइतबार बिहान ७ बजेतिर उनको मृत्युु भएको हो । मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुस