महेन्द्रनगर । कञ्चनपुरमा थप १ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ९७ जना, बेदकोट नगरपालिकामा १४ जना, लालझाँडी गाउँपालिकामा १३ जना, सुक्लाफाँटा नगरपालिकामा ४ जना, पुर्नवारमा ३ जना, कृष्णपुरमा २ जना र गड्डा चौकीमा गरिएको परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ४६ जना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् । जिल्लामा हाल ७ जना आइसोलेसन र १ हजार ३२ जना होम आइसोलेसनमा रहेका उनले जनाइन् । त्यस्तै कोरोना संक्रमित कृष्णपुर नगरपालिकाका ३१ वर्षीय एक पुरुषको आइतबार मुत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस सँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८ पुगेको छ ।

प्रतिक्रिया दिनुस