गणेश एसके कञ्चनपुर माघ १८ । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले घुस लिएको ,भ्रष्टाचार गरेको र मनोगत तरिकाले बन् फडानी लगायतका अमर्यादित काम गरेको भन्दै सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेर जनकारवाही गरेका छन् ।

नेकपा कैलालीले कारबाही गर्नुको निम्न कारण देखाएको छ :
– उपभोक्ता समिति संग घुस लिने गरेको
– बन समिति संग मिलोमतो गरि अस्वभाविक बन फडानी गर्ने गरेको
– सरकारि कर्मचारी भएर खुलेआम पार्टीको प्रचार प्रसार गर्दै पदिय मर्यादा बिपरित कार्य गरेको
– बिगतमा काम गरेका ठाउँ हरुबाट भ्रष्टाचार गरेको अत्यधिक जनगुनासो आएको ।

साथै नेकपा विप्लवले अहिले देशैभरिका सबै ठाउँमा भ्रष्टहरुलाई जनकारवाही गरी खबरदारी र सचेत गराइरहे विप्लव नेकपा एक नेताले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुस