महेन्द्रनगर । नेकपा (क्रान्तिकारी माओवादी ) निकट रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले इन्धनमा गरिएको मुल्य वृद्धी अविलम्ब फिर्ता गर्न माग गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मुल्य वृद्धी गर्दे जनताको ढाड सेक्ने काम गरेको प्रती अखिल (क्रान्तिकारी)ले भत्सना गर्दै एक प्रेस विज्ञप्ती जारी गर्दैपे ट्रोलियम पदार्थमा मुल्य वृद्धी फि्र्ता गर्न माग गरेको छ ।
वुधवार अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र आयल निगमसँग जोडदार माग गरिएको छ । सरकारले मंगलवार पेट्रोल, डिजल, मट्टीतेलमा प्रति लिटर ३/३ रूपयाका दरले वृद्धी गरेको छ । त्यस्तै आन्तरिक हवाईइन्धनमा प्रतिलिटर १० रूपया र अन्तराट्रिय हवाईइन्धनमा १०० अमेरिकी डलर बृद्धी गरेको छ ।
अखिल क्रान्तिकारी पेट्रोलियम पदार्थमा मुल्य वृद्धीको भर्सना गर्दै तत्काल पेट्रोलियम पदार्थ र हवाईइन्धनको मुल्य फिर्ताको माग गरेको छ । त्यस्तै अखिल क्रान्तिकारीले राष्टघाती एम. सी .सी सम्झैता खारेजी को माग गर्दै राष्ट्रियता जनतन्त्र जनजिविको सवालमा सरकार गम्विर हुन माग गरिएको छ । राष्ट्रघाती एम सी सी खारेज र पेट्रोलियम पदार्थमा मुल्य वृद्धी फर्ता नभए सशक्त संघर्षमा जाने चेतावनी समेत विज्ञप्तीमा भनिएको छ ।