कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच बेलौरी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।
‘साक्षर नेपाल सम्बृद्ध नेपाल र सुखी नेपाली साक्षर बेलौरी बासी हामी गौरबशाली’ मुल नाराकासाथ बेलौरी नगरपालिका साक्षर पालिका घोषणा गरिएको छ । मुख्यमन्त्री भट्टको प्रमुख आथित्यमा बेलौरीलाई साक्षर नगरपालिका घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले बेलौरी नगरपालिका साक्षर नगरपालिका घोषणा गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री भट्टले नगरपालिकालाई साक्षर घोषणा गर्र्दै प्रदेशका सबै पालिका साक्षर घोषणा गरिनुपर्ने बताए ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले प्रदेशभरीका शैक्षिक संस्था एव सामुदायिक विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने बताए । कार्यक्तममा नवयुग सामुदायिक सिकाई केन्द्रलाई सम्मान गरिएको छ ।
नवयुव सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पल्लवराज भट्टलाई सम्मान हस्तान्तरण गरेका छन । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले नगरको ९६.८३प्रतिशत जनता साक्षर भएका छन ।
१५ बर्षदेखि ६० उमेरसमुहका १० हजार १३८घरधुरीका नागरिक साक्षर भएका छन । कार्यक्रममा मुख्यमन्त्री भट्ट सहित राज्यमन्त्री कुलबिर चौधरी, संविधान सभा दिवान सिह विष्ट सहित राजनीतिक दलका प्रतिनिधी, नागरिक समाज, जनप्रतिनिधीको सहभागिता रहेको थियो ।