नरेश राना

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एमाले नेतृत्वमा स्थानीय सरकार छ । तर, स्थानीय सरकार पार्टीको भएपनि नेता कार्यकर्ता सन्तुष्ट छैनन । स्थानीय, प्रदेश तथा प्रतिनिधी सभा सदस्य चुनावमा रातदिन भोकभोकै खटिएपनि अहिले पाटी र तिनका शिर्ष नेताले तल्ला स्तरका नेता कार्यकर्ताको पिरमर्का बुझ्न छाडेको भन्दै दुखेसो पोखिएका छन ।

लालझाडी गाँउपालिका ४का स्थानीय समेत रहेका व्यपारी कार्यकर्ताले चुनावका बेला लगाएको लगानी फिर्ता नभएको रोदन पोखिरहेका छन । लालझाडी गाँउपालिका ४ का एमाले स्थानीय कार्यकर्ता भजोरा रानाले चुनावका बेला आफुले लगानी गरेको खर्च गरेर रकम अझैसम्म पनि पाटीले फिर्ता नगरेको रोदन पोखेका छन ।

स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधी एमालेले जित्दा पनि आफ्नो रकम फिर्ता नभएको रोदन पोखिरहेका छन । ‘मैले नास्ता र पेट्रोल खर्च गरेको छु, अझैसम्म मेरो पैशा फिर्ता भएको छैन, ‘उनले भने, ‘ मेरो पैशा फिर्ता नहुँदा प्रहरी प्रशासन वा मिडियामा जान्छु ।’ उनले लालझाडी गाँउपालिका अध्यक्ष निर्मल राना र प्रदेश सभा सदस्य बीर बहादुर थापा(पातल)संग लिनुपर्ने बताईरहेका छन ।

एमाले लालझाडी गाँउपालिका उपाध्यक्ष रञ्जिता रानाले स्थानीय स्तरका कार्यकर्ताले चुनावका बेला खर्च गरेको रकम फिर्ताका लागि पहल गरिने बताईन ।

प्रतिक्रिया दिनुस