कञ्चनपुर । गत ०७९ बैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्न भयो । स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलले आ–आफ्ना उम्मेदवार अघि सा¥यो । नयाँ संविधान निर्माणपछि दोस्रो पटक सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कस्ता कस्ता जनप्रतिनिधी निर्वाचित भए, अहिले उनीहरुका कृयाकलापले प्रतिबिम्ब गरेको छ ।

जनप्रतिनिधी जनताको विश्वास लिएर जितेका हुन तर, चुनाव जितेपछि सारा संसार नै जितेजस्तो हुर्मतका साथ केही जनप्रतिनिधी भ्रष्टाचार गैर कानुनी गतिबिधीदेखि समाजिक मार्यादा बिरुद्धका गतिबिधीमा संलग्न भएका थुप्रै घटना बाहिरिन थालेका छन ।

यस्तै एमालेबाट शुक्लाफाँटा नगरपालिका ९ वडा सदस्यमा निर्वाचित घुम्नीदेवी डगौरा परपुरुषसंग भागेपछि पक्राउ परेकी छिन । उनलाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ । एक् साता अघि हराएकी जनप्रतिनिधी बाकेका एक युवकसंग भागेको ईप्रका झलारीले जनाएको छ ।

‘बाँके प्रहरीसंगको समन्वयमा उनलाई भगाउने व्यक्तिले एक थप व्यक्ति पठाएर यहाँ पठाएको छ, ‘ति प्रहरी अधिकारीले भने, ‘भगाउने अर्को व्यक्ति हुन, पुगाउन अर्को व्यक्ति आए, अब दुवै पक्षलाई राखेर मंगलबार छलफल गर्ने विषय भएको छ ।’

कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादृुर चन्दले केही दिन पहिले घरबाट हराएकी वडा सदस्य घुम्नीदेवी डगौराको घर परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको बताए । प्रहरीमा निवेदन दिएपछि हराएकी डगौरा फेला परेपछि घर परिवार र उनकै श्रीमानलाई बोलाएर बुझाउन खोज्दा बुझन नमानेको बताए ।

‘घुम्नीदेवी डगौराका श्रीमानले श्रीमती बुझ्न मानेन, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अहिले हामीले सेफहाउसमा राखेका छौँ ।’ उनका श्रीमानले परपुरुषसंग भागेपछि नबुझ्ने भन्दै अडान लिएको शुक्लाफाँटा नगरका जनप्रतिनिधीले बताएका छन । यसरी जनप्रतिनिधी जनताको सुखदुखमा साथ दिने भन्दा पनि समाजिक मार्यादा, गैर कानुनी कामकाजमा संलग्न भएपछि जनता हैरान भएका छन ।

प्रतिक्रिया दिनुस