कञ्चनपुर । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता, पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा. बिजय जोली नेपाल आइपुग्नु भएको छ ।
जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत आज नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिनुहुन्छ ।
डा। जोलीलाई नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य शिरोमणि ओझा(सुर्य)ले समसामयिक राजनीतिक बिसयमा छलफल तथा स्वागत गर्नुभयो। नेपाल(भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको डा. जोलीले बताउनुभयो । उहाँले नेपाल भम्रणमा रहदा भगवान पशुपतिनाथको दर्शन गर्ने जानकारी दिनुभयो। जोली ३ दिने नेपाल भम्रण पश्चात स्वदेश फिर्ता हुने उहाँका निजि सचिवले बताउनु भएको छ । यर्सैविच काँग्रेस नेता ओझाले परराष्ट्रमन्त्री एनपी साउदलाई समेत भेटेर आरक्षपीडितका समस्या समाधानका सरकार सरकार गम्भिर हुनुपर्ने माग अघि सारेका थिए ।