कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगर पार्क सरक्षण सम्र्बद्धन समिति गठनमा विवाद उत्पन्न भएको छ । सोमबार वडाध्यक्ष रविन्द्र देवकोटाद्वारा हस्ताक्षरित गरिएको पत्रमा उपभोक्ता समिति गठन गरिएका सदस्य मध्ये तीन सदस्यले राजिनामा दिएका छन ।
मंगलबार राज कुमारी चौधरी, बबिता सिनाल, नन्दराज जोशीले संयुक्त रुपमा हस्ताक्षर गरेको राजिनामा पत्रमा आफुहरुको असहमती रहेको जनाईएको छ । महेन्द्रनगर पार्कमा समिति गठनमा आमभेलाको अपहेलना गरी बहुमतको कदर नगरी एकल निर्णय स्वीकार नहुने भन्दै राजिनामा दिएका छन ।
भीनपा १८ले वडा सदस्य पदम चन्दले पार्क प्रतिनिधीको जिम्मेबारी दिएको छ । सुधारोन्मुख हुँदै गएको पार्कमा समिति गठन विवाद उत्पन्न भएपछि स्थानीय चिन्तित भएका छन ।
प्रतिक्रिया दिनुस