पुष्कर भट्ट

कञ्चनपुर । कञ्चनपुरमा सत्ताधारी नेपाली काँग्रेस निकट युवा र प्रमुख प्रतिपक्षीय दल नेकपा एमाले निकट युवा नेताहरुले वितण्डा मच्चाएका छन । एमाले–काँग्रेस निकट पाटीका दुई युवा नेताले गैर लोकतान्त्रिक विधीयुक्त वितण्डा मच्चाएका हुन । आफुलाई लोकतान्त्रिक पार्टीको हुर्कत दिने काँग्रेस, एमालेका युवा नेता पार्टी, संगठनको नीति, सिद्धान्त बिरुद्धमा व्यवसायीदेखि स्वास्थ्यकर्मी कुटपिटमा उत्रिएका छन ।

एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश विष्टले भारतीय मुलका प्रेम यादव व्यवसायी कुटपिट गरेको र काँग्रेस निकट नेपाल तरुण दल विभाग जिल्ला संयोजक रामु खडकाले स्वास्थ्यकर्मी नरेन्द्र गैरलाई कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा भाईरल भईरहेको छ । श्रीपुर प्राथमिक स्वास्थ्य चौकीका अहेब नरेन्द्र गैरले आफुमाथि काँग्रेस निकट बेलौरीका युवा नेता एव नेपाल तरुण दल विभाग जिल्ला संयोजक रामु खडकाले कार्यकक्षमै हातपात गरेर दुव्र्र्यवहार गरेको बताए ।

‘अस्पतालमा मेरै छिमेकी बाबुराम चौधरी घाईते भएर आएका थिए, म उनकै उपचारमा खटिएको थिए, एक्कासी भित्र आएर अस्पतालको इन्चार्ज र अध्यक्षको फोन नम्बर देउ भन्यो, मैले भने, छैन, मदिरा सेवन गरेको हुँदा बाहिर जान आग्रह गरे तर,उनीहरुले मानेनन्, ‘उनले भने, ‘यतिकै त हामीलाई बाहिर जाउ भन्ने को हुन्छन, भन्दै घाँटी च्यापेर कुटेर गए ।’

अहेब गैरले खडका सहितका आफुमाथि दुव्र्यवहार र कुटपिट गर्नेलाई कार्बाहीको माग अघि सारेर ईप्रका बेलौरीमा उजुरी दिएको बताए । बेलौरीका युवा नेता एव नेपाल तरुण दल विभाग जिल्ला संयोजक रामु खडकाले आफुले कुनैपनि स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र कुटपिट नगरेको दावि गरेका छन । खडकाले आफुले उद्दार गरेर पठाएका घाईतेको अवस्था बुझ्न जाँदा स्वाथ्यकर्मी नरेन्द्र गैरले उल्टै दुव्र्यवहार गरेको बताए ।

‘साईकलबाट लडेर घाईते भएका बाबुराम चौधरीको अवस्था बुझ्न म प्राथमिक स्वास्थ्य केन्द्र पुगे, त्यतिबेलासम्म घाईतेको उपचारमा खासै चासो दिएको थिएन, ‘खडकाले भने, ‘यहाँ उपचार हुँदैन, भने भन्नुहोस, बाहिर लग्छौँ, त्यहीबेला अहेब गैरलेले अपशब्द.. प्रयोग गरेपछि हामीले डाक्टर भएर यस्तो गैर जिम्मेबारी शब्द प्रयोग गर्ने भन्दै भनाभन मात्रै भएको हो, अहिले आएर मेरो राजनीतिक समाजिक जिवनमाथि चरित्र हत्या गर्ने काम भएको छ ।’

खडकाले घाईते आफ्नो निकट मान्छे नभएको तर, मानविय रुपमा आफैले एम्बुलेन्स खोजेर अस्पताल पठाएर केही समाजिक उद्दार गरौँ भन्दा उल्टै म र हामीसंग गएका साथिहरुसंग स्वाथ्यकर्मीले निहुँ खोजेर घटना विषयान्तर भएको बताए । डोटीको सिलगढीमा हुने राष्ट्रिय युवा संघ सुप प्रदेशको प्रथम प्रदेश अधिवेशनका लागि चन्दा नदिएको झोकमा महेन्द्रनगरमा कवार्ड व्यवसाय संचालन गर्दै आएका भारतीय मुलका व्यवसायी यादवलाई युवा संघ जिल्ला अध्यक्ष दिनेश विष्टले झापट हानेको भिडियोमा प्रष्ट देखिएको छ ।

भीमदत्त नगरपालिका ४महेन्द्रनगरको जगदम्बा टे«डर्सका संचालक राधेश्याम जैसवाले एमाले निकट युवा संगठनका अध्यक्ष दिनेश विष्टले चन्दा नदिएको झोकमा यादवमाथि झापट हानेको धम्क्याएको बताए । विष्टले पार्टीको कार्यक्रम भनेर चन्दामागेको नदिएपछि कुटपिट गरेको बताए । १ असोजको साँझतिर कवार्ड संकलन स्थलमै आएर विष्टले कुटपिट गरेको भन्दै उनले न्यायका लागि पाटी, सरकारी निकायसंग हारगुहार गरेका छन ।

राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश विष्टले आफुले कुटपिट नगरेको दावि गरेका छन । युवा संघ जिल्ला अध्यक्ष विष्टले कवार्ड संकलनसंग प्रदेश सम्मेलनका लागि केही आर्थिक सहयोग माग्ने क्रममा मदिरा सेवन गरेर आफुमाथि खनिएको र उल्टै कुटन आएको बताए । ‘मैले कसैमाथि पनि हातपात गरेको छैन, ‘विष्टले भने, ‘मेरो बदनाम र चरित्र हत्या गर्ने प्रयास भईरहेको छ ।’

समान्य कुराकानीका क्रममा मेरो फोटो र भिडियो खिच्ने क्रममा नखिच्न आग्रह गर्दा समान्य धकेलिएको बताउँदै विष्टले यसलाई विपक्षी समुहले मुद्दा बनाएर राजीतिक बेईजती गर्न लागेको बताए ।

अन्य पाटीका युवाहरुमाथि चन्दा र कुटपिट गर्दछ भन्दै राजनीतिक बेईजती गर्ने एमाले, काँग्रेसका युवा यसरी कञ्चनपुरमा ताण्डप मच्चाउन थालेको भन्दै अरुपार्टी युवा नेताहरुले अरुलाई लगाउने आरोप आज आफैमाथि आएको टिप्पणी गरिरहेका छन । जिम्मेबार पाटीका युवा नेताले यसरी व्यवसायी र स्वास्थ्यकर्मीमाथि कानुन हातलमा लिएर हातपात गर्ने काम दण्डहिन भएको भन्दै नागरिक समाजले भत्र्सना जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुस