नवलपरासी कार्तिक ९ ,महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा रचना वाचन, स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम कावासोतीको शिव मा. वि।मा सम्पन्न भएको छ । लक्ष्मी स्मृति साहित्य समाज, नवलपुरका अध्यक्ष सदानन्द अभागीको अध्यक्षता र गण्डकी प्रदेश माननीय विण्णु लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्य र पत्रकारितामा लागेर योगदान पुराएकोमा कावासोतीबाट अर्जुन अविरल र गैडाकोटबाट सुजन अधिकारीलाई लक्ष्मीप्रसाद देवकोटा एवं नन्दकला स्मृति सम्मान गरिएको छ ।

त्यसैगरी साहित्यमा योगदान पुर्याए बापत साहित्यकारहरू भेषराज रिजाल, सरोज उजाड, टिका सापकोटा र वेदप्रसाद शर्मा ढकाललाई लक्ष्मीप्रसाद देवकोटा एवं नन्दकला स्मृति सम्मान प्रदान गरिएको छ ।

साथै कार्यक्रममा वेदप्रसाद शर्मा ढकालको नयाँ कृति जीवन यात्रा कविता संग्रह विमोचन पनि गरिएको छ । कार्यक्रममा केशवराज आमोदी, गोर्खे साँईलो, दीपक सोती, कृण्णादेवि शर्मा, भगवती अर्याल, लीला राना, लोकनाथ खरेल, काशीराम गैह्रे लगायत करिव ३ दर्जन स्रष्टाले रचना वाचन गरेका थिए । लक्ष्मीस्मृति साहित्य समाज, नवलपुर एफ.एम. र स्टार टेलिभिजनको संयुक्त आयोजनामा गरिएको कार्यक्रमको सहजीकरण सुदीप चापागाईले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुस