विकास महता
कञ्चनपुर । महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)को बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कटान स्थित रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को ४८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले आगामी दिनमा विद्यालयको बृद्धि विकासका लागि केही योजना अघि बढाएको बताएका छन । अध्यक्ष विष्टले अब सुदूरपश्चिम प्रदेशमै विज्ञान प्रयोगशाला निर्माण गर्ने बताए । ‘हामीले राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्ने स्तरको विज्ञान प्रयोगशाला बनाउँछौँ, ‘उनले भने, ‘यसका लागि हामी तयारीमा जुटेका छौँ ।’
५ हजार विद्यार्थी पु¥याउने लक्ष्य, पढ्दै कमाउँदै योजना निरन्तरता दिने, आन्तरिक स्रोतबाट २०बाट २५ प्रतिशत पु¥याउनेदेखि शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना रहेको बताए । ‘शिक्षक, विद्यार्थीको मेहनतले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि भईरहेको छ, ‘अध्यक्ष विष्टले भने, ‘उनले भने, ‘सबैको सहयोगले विद्यालय अगाडी बढिरहेको छ ।’
विद्यालयका प्रद्यानाध्यापक देवराज भट्टले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रण गरेका छन । कार्यक्रममा सरोकारवालाहरुले विद्यालयले गरिरहेको शैक्षिक प्रगतिको उच्च सम्मान गर्दै आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)ले राज्यले गरेको लगानी प्रभावकारीता पुष्टी गरेको बताए । कर्णाली प्रदेश प्रमुख जोशीले विद्यालयले वास्तविक शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गरेको प्रसंसा गरेका छन ।
कार्यक्रममा बैजनाथ माविका अध्यक्ष अचुतराज कलौनी, भीनपा १८का वडाध्यक्ष रविन्द्र देवकोटा, भीमदत्त नगरका उपप्रमुख निलम लेखक, सुप प्रदेश सभा सदस्य बेल बहादुर रानाले विद्यालयले गरेको शैक्षिक प्रगतिमा प्रसंसा गर्दै आ–आफ्नो क्षेत्रबाट विद्यालयको बृद्धि विकासमा जोडदिएका छन । बार्षिकोत्सव कार्यक्रममा आधारभूतदेखि माध्यामिक तहका विद्यार्थीले छुट्टाछुट्टै विज्ञान प्रर्दशनी गरेका थिए ।
उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन । कार्यक्रममा विद्यालयका निर्वतमान प्रद्यानाध्यापक ललित सिह साउद, आधारभूत संयोजक लोकमणी भट्ट, शिक्षक सन्तोषराज पाण्डेय, कमला भाट, प्रकास राज जोशी, कर्मचारी कृष्णदत्त जोशी, अभिभावक सीमा नेपाली, गोबिन्द सिह बोहरा र कमला सेर्पालाई समेत सम्मान गरिएको छ ।
विद्यार्थीले विवित साँस्कृतिक कार्यक्रम गरेका थिए । महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का सहायक प्रद्यानाध्यापक सरस्वती भाट(धामी)ले संचालन गरेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, सर्वसाधारणदेखि सरोकारवालाको सहभागिता रहेको थियो ।