महेन्द्रनगर । लामो समय देखि स्वास्थ्य समस्याबाट पीडित पत्रकार सूजित सिनाललाई प्रेस सेन्टर कञ्चनपुरले आर्थिक सहयोग गरेको छ। सक्रिय पत्रकारिता गरिरहेका पत्रकार सिनाल लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो।मङ्गलबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष अरुण भट्टले आर्थिक सहयोगका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रेस सेन्टरका अध्यक्ष अरुण भट्टले ुश्रमजीवी पत्रकारलाई गम्भीर खालको स्वास्थ्य समस्याले पीडा दिएकाले संगठनले तत्काल उपचारका लागि सक्दो सहयोग गरेको भन्नुभयो ।

उहाँले आगामी दिनमा उपचारमा कमी नहुने गरी सक्दो आर्थिक सहायता गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। साथै अध्यक्ष भट्टले पत्रकार र सम्बद्ध निकायलाई कमजोर आर्थिक अवस्था भएका पत्रकार सिनालको उपचारमा सहयोगका लागि अपिल गर्नुभएको छ।

पत्रकार सुजित सिनाल शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार हुन्। लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका विभिन्न मिडियामा काम गर्दै आउनु भएका पत्रकार सुजित सिनालको घुँडामा लामो समयदेखि समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने डाक्टरहरूले सुझाव दिएका छन्। आर्थिक अवस्था कमजोर भएका कारण पत्रकार सिनालको उपचार हुन नसक्दा लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका छन् ।

प्रेस सेन्टर कञ्चनपुरले सहकर्मी पत्रकार सिनाललाई घुँडाको शल्यक्रिया गर्न सहयोग होस् भन्ने उद्देश्यले तत्काल तीन हजार एक सय आर्थिक सहायता गरेको छ । मङ्गलबार महेन्द्रनगरमा आर्थिक सहायता तथा स्वास्थ्य लाभको कामना गर्न प्रेस सेन्टर कञ्चनपुरका उपाध्यक्ष धर्मराज कठायत, सचिव भास्कर केसी पत्रकार महासंघका कोषाध्यक्ष मोहन बिष्ट, प्रेस सेन्टर प्रदेश कमिटी सचिव पहिलाद राना, पत्रकार नन्दा महरा लगायतका पत्रकारहरूको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुस