कञ्चनपुर । राष्ट्रिय हस्तलेखन प्रतियोगिता च्यापियन भएकी आयुषा खडायतलाई विद्यालयले सम्मान गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर स्थित सार्क एजुकेसन फाउण्डेशन(सार्क स्कुल) कक्षा ९मा अध्ययनरत छात्रा खडायतलाई विद्यालयले सम्मान गरेको हो । मंगलबार विद्यालयले एक कार्यक्रमका विच विद्यालयले छात्रा खडायतलाई प्रमाण पत्रका साथ सम्मान गरेको जनाएको छ ।

विद्यालयले आयोजना गरेको उद्यमशिला र स्टार्टअफ सस्कृतिको विकास बारे आयोजित अन्तरकृया कार्यक्रममा छात्रा खडायतलाई प्रमुख अथिति समेत रहेका कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, विद्यालयका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतले आयुषालाई प्रमाण पत्र हस्तान्तरण गरेका छन । यसैगरी विद्यालयले रोबटिक्स प्रंतिक जोशी, करन सिह ठगुन्ना र जानकी न्यौपानेलाई पनि सम्मान गरिएको छ ।

६ पुष काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सार्ककी छात्रा समेत रहेकी सुप दार्चुलाकी छात्रा आयुषा खडायत प्रथम भएकी थिईन । बाल विकास एनसिएमएएस प्रांईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा देशभरबाट झण्डै साढे ५ हजार भन्दा बढि प्रतिस्पर्धी उछिन्दै खडायत प्रथम भएकी थिईन ।

व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भीमदत्र् नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बाबु दिनेश खडायत, आमा शुशिला धामी(खडायत)ले न्यू चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आएका छन । महेन्द्रनगर स्थित सार्क स्कुल कक्षा ९ मा अध्ययनरथ छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुची राख्दै आएकी छिन ।

स्थानीय स्तरमा हुने प्रतियोगितमा समेत सहभागि हुने आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागि भएकी थिईन । उनले आफ्नो सानैदेखिको रुची हस्तलेखन भएको बताउँदै आजको सफलताको पछाडी आफु, अभिभावक, घर परिवार, विद्यालय समाज भएको बताएकी छिन ।

नेपालमा बिरलै हुने हस्तलेखन प्रतियोगितामा सुदूर दार्चुलाकी चेली आयुषा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिताको च्यापियन बनेपछि यहाँका जनता समेत हर्षित भएका छन । आयुषाका अभिभावकले विद्यालयदेखि आयोजकदेखि सरोकारवाला निकायमा हार्दिक आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुस