Oplus_0

लालझाडी। लालझाडीको भानु मा.वि.मा निडस नेपालद्वारा शैक्षिक सामग्री सहयोग गरेको छ । बिहीबार कञ्चनपुरको लालझाडी गाउँपालिका–२ मा रहेको भानु माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । निड्स नेपालको आयोजना र करिदासको सहयोगमा विद्यालयलाई साउण्ड सिस्टम, पिटी ड्रम सेट, भलिबल सहयोग गरेको छ ।

त्यसैगरी २१ जना गरिब तथा विपन्न विद्यार्थीलाई स्कूल ड्रेस, झोला स्टेसनरीहरु वितरण गरिएको निड्स नेपालले जनाएको छ । करिदासका अधिकृत छेगु राम चौधरीले स्वागत मन्तब्य राख्दै आगामी दिनमा थप सहयोग गर्ने बताए ।

निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको सभापतित्व रहेका थिए । कार्यक्रममा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना प्रमुख अतिथि, विशिष्ठ अतिथी उपाध्यक्ष सपना चौधरी राना, लालाझाडी गाउँपालिका–२ का वडा अध्यक्ष आशा राम राना, भानु मा.वि.का अध्यक्ष प्रकाश राना, प्र.अ. वेद प्रसाद उपाध्याय सहित उपस्थिति रहेको थियो ।

लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले संस्थालाई धन्यवाद दिदै पालिकाबाट विद्यालयलाई सहयोग गर्ने बताए । कार्यक्रम निड्स नेपालका कृषि प्राबिधिक अधिकृत दीपक चौधरीले सञ्चालन गरेका हुन । शैक्षिक सामग्री सहयोगले आगामी दिनमा विद्यार्थीहरुले थप सहयोगको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुस