शीत्तल भट्ट
नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन मान बहादुर चन्द निर्वाचित भएका छन । सत्ताधारी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन मान बहादुर चन्द निर्वाचित भएका हुन ।
शनिबार जिल्लाको दक्षिणी भेग लालझाडी गाँउपालिकामा भएको निजामती कर्मचारी संगठन कञ्चनपुरको १२औँ जिल्ला अधिवेशनबाट समेत चन्द निर्बिरोध दोस्रो कार्यकालका लागि चयन भएका छन ।
उपाध्यक्ष दिनेशराज भट्ट, कमला जोशी, सचिव लाल बहादुर विष्ट, सह सचिव लोकराज पन्त चयन भएका छन । कोषाध्यक्षमा सन्तोष जोशी पनि दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन ।
सदस्य महेश खत्री, जिवन कुँवर, नरेन्द्रं चन्द, दिपेन्द्र बहादुर ओड, सुरेश पन्त, तुलसी बोगटी, राजेन्द्र खडायत, गोपाल भट्ट रहेका छन । यस्तै प्रदेश प्रतिनिधीमा लोकेन्द्रदेव भट्ट, शंकर बोगटी, महेश राज बडू, लोकेन्द्रदेव भट्ट, कृष्ण कार्की, महेश्वरी विष्ट र केन्द्रीय प्रतिनिधीमा मोहन ठगुन्ना, अर्जुन लाबड, राधिका पन्त, मनिराम पाण्डेय रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले स्थायी कमिटि सदस्य एव पुर्वमन्त्री कर्ण बहादुर थापाले सरकार सफल र जनतालाई सेवा प्रदानका लागि निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको दोस्रो कार्यकालका लागि जिम्मेबारी पाएका अध्यक्ष मान बहादुर चन्दले जिल्लाका सरकारी कर्मचारीको हकहितका साथै संगठन बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा निजामती कर्मचारी सहित एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।