सुर्वण प्रशाद जोशी

कञ्चनपुरको भीमदत्त नगरपालिका १८का महिलालाई बुटिक तालिम दिईएको छ । आइतबारदेखि भीमदत्त नगरपालिका १८ क्षेत्रका महिलालाई बुटिक बनाउने सीप विकास तालिम संचालन गरिएको हो । भीमदत्त नगरपालिका १८का कावा अध्यक्ष हेम बहादुर बस्नेतले भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयको सहकार्य एव हुनैनाथ टेक्निकल एजुकेशन एण्ड भोकेसनल टे«निङ सेन्टर प्रालिको प्राविधिक सहयोगमा १०दिने तालिम शुरु भएको बताए । वडा सदस्य समेत रहेका कावा अध्यक्ष बस्नेतका अनुसार वडाका महिलालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम संचालन गरिएको छ ।

तालिमको उद्घाटन गर्दैै उपप्रमुख निमल लेखकले नगरका महिला आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम संचालन गरिएको बताईन । उपप्रमुख लेखकले तालिमका सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोगमा जोडदिएकी छिन ।

यसैविच भीमदत्त नगरपालिका–१८ वडा कार्यालयको सभाहलमा १९ वटै वडामा रहेका महिला उद्यमीहरुसंग नगरपालिकाको आयोजनामा समन्वयतात्मक छलफल एवम् सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि लेखकले छलफल तथा सञ्जाल गठनबाट चयन भएर आउने महिलाहरुले भीमदत्त नगरपालिकाका १९ वटै वडामा महिला कमिटि गठन गर्ने जिम्मेवारी पाए संगै उद्यमी महिलाहरुलाई एक ठाउँमा राखेर उनीहरुको सम्भावना र चुनौतीहरुको बारेमा जानकारी लिएर उनिहरुको आर्थीक पाटोलाई बजबुद बनाउन के कस्तो भुमिका निर्वाह गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउन र उनिहरुलाई आत्मनिर्भर बनाउने कुरामा सबैले साथ दिने र नगरपालिकाबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा आफुहरुले गर्न सकिने पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

आयोजित समन्वयतात्मक छलफल एवम् सञ्जाल गठनबाट अध्यक्षमा रमा पन्त, उपाध्यक्षमा जानकी चौधरी, सचिव कुमारी पार्वती थापा, सह–सचिव ईश्वरी ऐर,कोषाध्यक्ष धना नाथ, सदस्यहरुमा आशा देवी सुनार,राधिका कार्की,निलम पाण्डे,जानकी पाण्डे,सरस्वती निरौला,बेलु नाथ चयन भएका छन ।

उक्त कार्यक्रममा वडा नं. १८ का कार्यवाहक वडा अध्यक्ष हेम बहादुर बस्नेतको अध्यक्षतामा भीमदत्त नगर उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यमा वडा सदस्य कृपा जैरु,का.पा. सदस्य सीता देवी भण्डारी, वडा सचिव दिनेश राज भट्ट, म.वि.अ. कुन्ती लेखक लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस