कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका छन । नेकपा एमाले निकट निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका हुन ।

बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनबाट यस अघि महासचिवको जिम्मेबारीमा रहेका जोशी अहिले नेतृत्वकै जिम्मेबारी पुगेका छन ।

उपाध्यक्ष बालकृष्ण जोशी, महिला उपाध्यक्ष महेश्वरी विष्ट , महासचिव धर्मराज चौधरी , सचिव समावेसी झलक दौल्याल, सचिव लक्ष्मण दत्त भट्ट, विष्णू प्रशाद जैसी , कोषाध्यक्ष रुपक खडका चयन भएका छन ।

साथै सदस्यमा गोबिन्दी लोथ्याल, अनुजा कुमारी जोशी, रामसिह धामी,जनकराज कलौनी, लोकेन्द्र प्रशाद भट्ट,कर्ण बहादुर जैसी, अनिल विष्ट ,चानुराम राना,नयनराज साउद,नरराज पाण्डेय,धौले सार्की चयन भएकाम छन ।

बेदकोट नगरपालिका सव ईन्जिनियर समेत रहेका नेपाल निजामती कर्मचारी सगठन सुप प्रदेशको अध्यक्षमा चयन भएका महादेव जोशीले प्रदेशमा संगठन चुस्त दुरुस्त राख्दै आम कर्मचारीको व्यवसायिक हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया दिनुस